मंगलबार असार ३०, २०८३
फाइनल यात्राका लागि आज फ्रान्स र स्पेनबीच निर्णायक महासंग्राम
सोलुखुम्बुः विश्वकप फुटबलमा आज रातिदेखि सेमिफाइनलका खेल शुरु हुँदैछ । फिफा वरियताका शीर्ष चार देश सेमिफाइनलमा पुगेका छन् । आज राति पहिलो सेमिफाइनल खेलमा फ्रान्स र स्पेनले खेल्दैछन् । फ्रान्स र स्पेनबीचको खेल मध्यराति पौने १ बजे हुनेछ ।
त्यस्तै इंग्ल्यान्ड र अर्जेन्टिनाको खेल भोलि मध्यराति पौने १ बजे हुनेछ । क्वाटरफाइनलमा फ्रान्सले मोरक्को तथा स्पेनले बेल्जियमलाई हराएको थियो । यस्तै इंग्ल्यान्डले नर्वे र अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई हराउँदै सेमिफाइनलमा पुगेको हो । अर्जेन्टिना ३ पटकको विश्व विजेता हो भने फ्रान्सले २ तथा इंग्ल्यान्ड र स्पेनले १र१ पटक उपाधि जितेका छन् । यो विश्वकपको फाइनल खेल साउन ३ गते आइतबार राति पौने १ बजे हुनेछ ।
ताजा खबर
सबै- रसुवा बाढी : मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए
- रेड पाण्डा म्याराथन नोभेम्बर २८ मा हुने, विपत्तिका कारण आयोजना मिति सर्यो
- लिखुपिकेको चौलाखर्क स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सेवा थपिँयो , भदौ २३ देखि सञ्चालन हुने
- सल्लेरी च्याल्सा विद्युत कम्पनी सोलुखुम्बुद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री कोषमा ५ लाख रुपैयाँ सहयोग
- प्रकाश सिंह कार्कीले एक महिनाको तलब विपद् कोषमा दिने







