लिखुपिकेको चौलाखर्क स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सेवा थपिँयो , भदौ २३ देखि सञ्चालन हुने
सोलुखुम्बुः लिखुपिके गाउँपालिकाले चौलाखर्क स्वास्थ्य चौकीलाई रंगीन भिडियो एक्स–रे (अल्ट्रासाउन्ड) मेसिन हस्तान्तरण गरेको छ। नागरिकलाई गाउँमै सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले उक्त उपकरण सोमबार हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले उक्त स्वास्थ्य चौकीलाई मेसिन हस्तान्तरण गर्दै भिडियो एक्स–रे सेवा आगामी भदौ २३ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने जानकारी दिनुभयो।
स्थानीय तहमै उपचार तथा स्वास्थ्य परीक्षणको उचित व्यवस्थापन मिलाई सर्वसाधारणलाई टाढा जानुपर्ने बाध्यता अन्त्य गर्न गाउँपालिकाले आफ्ना स्वास्थ्य संस्थाहरूको स्तरोन्नति गर्दै आएको जनाएको छ। यसअघि नै लिखुपिकेमा दन्त सेवा, ग्रामीण आँखा केन्द्र तथा ल्याब सेवा सञ्चालनमा ल्याइसकिएको अध्यक्ष मिना कार्की बस्नेतले बताउनुभयो ।नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर सेवा विस्तार गरिएको गाउँपालिकाले जनाएको छ। चौलाखर्कमा भिडियो एक्स–रे मेसिन थपिएसँगै स्थानीय तहका नागरिकले आफ्नै पायक पर्ने ठाउँबाट गुणस्तरीय सेवा पाउने भएका छन्।
ताजा खबर
सबै- रसुवा बाढी : मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए
- रेड पाण्डा म्याराथन नोभेम्बर २८ मा हुने, विपत्तिका कारण आयोजना मिति सर्यो
- लिखुपिकेको चौलाखर्क स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सेवा थपिँयो , भदौ २३ देखि सञ्चालन हुने
- सल्लेरी च्याल्सा विद्युत कम्पनी सोलुखुम्बुद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री कोषमा ५ लाख रुपैयाँ सहयोग
- प्रकाश सिंह कार्कीले एक महिनाको तलब विपद् कोषमा दिने







