मंगलबार, १६ भदौ, २०८३ (1788200100)
मंगलबार भदौ १६, २०८३

प्रकाश सिंह कार्कीले एक महिनाको तलब विपद् कोषमा दिने

        सोलुखुम्बुः सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाश सिंह कार्कीले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गर्नुभएको छ।
   सांसद कार्कीको सचिवालयका अनुसार बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले एक महिनाको सेवा सुविधा कोषमा उपलब्ध गराउने निर्णय गरिएको हो।
   प्राकृतिक विपत्तिका कारण प्रभावित परिवारलाई तत्काल सहयोग आवश्यक रहेको भन्दै सांसद कार्कीले विपद्को कठिन समयमा आफ्नो पारिश्रमिकमार्फत राहत अभियानमा योगदान गर्ने प्रतिबद्धता जनाउनुभएको सचिवालयले जनाएको छ ।