भोटेकोशी बाढीमा सोलुखुम्बुका सम्पर्कविहिन हुनेको सख्या ४६ पुग्यो
सोलुखुम्बु : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा सम्पर्कविहीन भएका सोलुखुम्बु जिल्लाका नागरिकहरुकै पहिचान, खोजी र उद्धारका लागि राजधानीमा उच्चस्तरीय सर्वपक्षीय छलफल सम्पन्न भएको छ । प्रतिनिधि सभा सदस्य प्रकाश सिंह कार्कीको अगुवाइमा आयोजित उक्त छलफलमा सोलुखुम्बुका जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा बाढीपीडित परिवारका सदस्यहरूको सहभागिता रहेको थियो।
उक्त छलफलमा भोटेकोशी बाढीका कारण हालसम्म सोलुखुम्बुका स्थानीय तह अनुसार कुल ४६ जना नागरिकहरू सम्पर्कविहीन रहेको पुष्टि भएको छ। प्राप्त तथ्याङ्क अनुसार नेचासल्यान गाउँपालिकाका आङफुर्वा शेर्पा र साङ्गे शेर्पा सम्पर्कविहीन छन्। त्यसैगरी सोलुदुधकुण्ड नगरपालिकाका विकास श्रेष्ठ, भुपाल मगर, सुरेश मगर, अनिश मगर, धन बहादुर तामाङ, पासाङ काजी तामाङ, पासाङ तामाङ, छिरिङ तामाङ, सागर तामाङ, रिन्जी तामाङ, दोर्जी तामाङ, रोजित तामाङ, साङ बहादुर तामाङ, देव बहादुर मगर, पोक्ची तामाङ र काजी शेर्पा गरी १६ जना नागरिक हराइरहेका छन्। यसैगरी थुलुङ दुधकोशी गाउँपालिकाका बाबुराम खत्री, डम्बर राई, पान्देउ राई र बिनोद बस्नेत गरी ४ जना बाढीपछि सम्पर्कविहीन बनेका छन्। माप्य दुधकोशी गाउँपालिकाबाट तुला बहादुर मगर, हर्क बहादुर मगर, प्रकाश मगर, गोकुल मगर, प्रम मगर, कुमार मगर, बाल कुमार मगर, नुरु जाङ्बु शेर्पा, ओम नाथ राई र प्रेम मगर गरी १० जना नागरिकको अत्तोपत्तो हुन सकेको छैन।
यस्तै सोताङ गाउँपालिकाका गेल्जे शेर्पा, लोप्सान शेर्पा, गेन्बु शेर्पा, प्रेम नाछिरिङ, सोना शेर्पा, कर्ण बहादुर राई, प्रेम कुमार राई, अम्बिर नाछिरिङ र अर्का कर्ण बहादुर राई गरी ९ जना सम्पर्कविहीन सूचीमा परेका छन्। महाकुलुङ गाउँपालिकाका सुसान्त कुलुङ, निरकुमार राई र शुभधन राई गरी ३ जना तथा लिखुपिके गाउँपालिकाका दिल बहादुर भुजेल र निमा शेर्पा गरी २ जना नागरिक बाढी विपद्मा परी हालसम्म बेपत्ता रहेका छन्।
उक्त सर्वपक्षीय छलफलले काठमाडौँ महानगरपालिका वडा नम्बर १ स्थित नक्साल भगवतीबहालमा सम्पर्क कार्यालय स्थापना गरी गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग प्रत्यक्ष समन्वय गरेर सम्पर्कविहीन नागरिकहरूको खोजी कार्यलाई तीव्र बनाउने निर्णय गरेको छ। साथै नाम छुट भएका वा थप जानकारी दिनुपर्ने पीडित परिवारहरूलाई सहजीकरणका लागि तोकिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न समेत अपिल गरिएको छ । यता जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले दिएको आधिकारिक विवरण अनुसार भने बाढीका कारण सोलुखुम्बुका ३२ जना नागरिकहरू सम्पर्कविहीन रहेका छन्।
ताजा खबर
सबै- रसुवा बाढी : मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए
- रेड पाण्डा म्याराथन नोभेम्बर २८ मा हुने, विपत्तिका कारण आयोजना मिति सर्यो
- लिखुपिकेको चौलाखर्क स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सेवा थपिँयो , भदौ २३ देखि सञ्चालन हुने
- सल्लेरी च्याल्सा विद्युत कम्पनी सोलुखुम्बुद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री कोषमा ५ लाख रुपैयाँ सहयोग
- प्रकाश सिंह कार्कीले एक महिनाको तलब विपद् कोषमा दिने






