मंगलबार भदौ १६, २०८३
रसुवा बाढी : मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए
सोलुखुम्बुः हालसम्म रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला परेका छन् । नेपाल प्रहरीका अनुसार मंगलबार दिउँसो २ बजेसम्म एक हजार ५८ जनाको शव फेला परेको हो ।जसमा ३० बालक, ३५ बालिका, २३२ महिला, ३७१ पुरुष र ३९० आंशिक अंग भएका शव फेला परेको प्रहरीले जनाएको छ ।
जसमध्ये ९७२ शवको लास जाँच मुचुल्का भइरहेको प्रहरीले जनाएको छ ।यस्तै, ५८ जनाको शव आफन्तलाई हस्तान्तरण गरिएको र पहिचान नखुेलेका ६८४ शव जमिनमुनि व्यवस्थापन गरेको प्रहरीले उल्लेख गरेको छ ।यस्तै प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ४ हजार ६०६ जना सम्पर्कविहीन छन् ।
ताजा खबर
सबै- रसुवा बाढी : मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए
- रेड पाण्डा म्याराथन नोभेम्बर २८ मा हुने, विपत्तिका कारण आयोजना मिति सर्यो
- लिखुपिकेको चौलाखर्क स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सेवा थपिँयो , भदौ २३ देखि सञ्चालन हुने
- सल्लेरी च्याल्सा विद्युत कम्पनी सोलुखुम्बुद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री कोषमा ५ लाख रुपैयाँ सहयोग
- प्रकाश सिंह कार्कीले एक महिनाको तलब विपद् कोषमा दिने







