मंगलबार भदौ १६, २०८३
सल्लेरी च्याल्सा विद्युत कम्पनी सोलुखुम्बुद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री कोषमा ५ लाख रुपैयाँ सहयोग
सोलुखुम्बुः सल्लेरी च्याल्सा विद्युत कम्पनी लिमिटेड, सोलुखुम्बुले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ ।रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कम्पनीले उक्त रकम भदौ १४ गते कोषमा पठाएको सल्लेरी च्याल्सा विद्युत कम्पनी लिमिटेडका अध्यक्ष राजु पाख्रिनले जानकारी दिनुभयो।
विपद्को यस कठिन समयमा पीडित परिवारलाई सहायता पुगोस् र सरकारी उद्धार कार्यमा टेवा पुगोस् भन्ने उद्देश्यले यो रकम उपलब्ध गराइएको कम्पनीले जनाएको छ । ठूलो जनधनको क्षति भएको यस घडीमा सबै पक्षबाट हातेमालो आवश्यक रहेको जनाउँदै कम्पनीले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।
ताजा खबर
सबै- रसुवा बाढी : मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए
- रेड पाण्डा म्याराथन नोभेम्बर २८ मा हुने, विपत्तिका कारण आयोजना मिति सर्यो
- लिखुपिकेको चौलाखर्क स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सेवा थपिँयो , भदौ २३ देखि सञ्चालन हुने
- सल्लेरी च्याल्सा विद्युत कम्पनी सोलुखुम्बुद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री कोषमा ५ लाख रुपैयाँ सहयोग
- प्रकाश सिंह कार्कीले एक महिनाको तलब विपद् कोषमा दिने







