रेड पाण्डा म्याराथन नोभेम्बर २८ मा हुने, विपत्तिका कारण आयोजना मिति सर्यो
सोलुखुम्बुः आगामी सेप्टेम्बर ५ गते आयोजना गर्ने भनिएको ‘रेड पाण्डा म्याराथन’को समय परिवर्तन गरी नोभेम्बर २८ गते सञ्चालन गरिने भएको छ । रेड पाण्डा नेटवर्कको सहकार्यमा आयोजक समितिले म्याराथनको मिति हेरफेर गर्ने निर्णय गरेको हो।
गत अगस्ट २६ गते आएको विनाशकारी बाढीपहिरोले ठूलो धनजनको क्षति पु¥याएपछि उत्पन्न राष्ट्रिय विपत्तिको घडीलाई गम्भीरतापूर्वक ध्यानमा राख्दै म्याराथन सारिएको रेड पाण्डा म्याराथन आयोजक समितिका अध्यक्ष ङिमा तेन्डुप शेर्पाले जानकारी दिनुभयो।
यस कठिन परिस्थितिमा पनि कार्यक्रमप्रति अटुट सहयोग र विश्वास देखाउने सम्पूर्ण सहभागी, प्रायोजक, स्थानीय समुदाय तथा दर्शकहरूलाई आयोजक समितिले हार्दिक धन्यवाद व्यक्त गरेको छ। साथै, नयाँ मितिमा म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न थप सहयोग, सल्लाह तथा शुभकामनाको अपेक्षा गरिएको आयोजक समितिले जनाएको छ।
सबैलाई आफ्नो तालिका नोभेम्बर २८ गतेको आयोजनामा मिलाई सहभागी हुनका लागि अध्यक्ष शेर्पाले अनुरोध गर्नुभएको छ। विपत्तिको घडीमा पनि एकता र सहयोगको भावना कायम राख्दै नोभेम्बर २८ का दिन यस आयोजनालाई स्मरणीय बनाउने प्रतिबद्धता समितिले व्यक्त गरेको छ।
ताजा खबर
सबै- रसुवा बाढी : मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए
- रेड पाण्डा म्याराथन नोभेम्बर २८ मा हुने, विपत्तिका कारण आयोजना मिति सर्यो
- लिखुपिकेको चौलाखर्क स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सेवा थपिँयो , भदौ २३ देखि सञ्चालन हुने
- सल्लेरी च्याल्सा विद्युत कम्पनी सोलुखुम्बुद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री कोषमा ५ लाख रुपैयाँ सहयोग
- प्रकाश सिंह कार्कीले एक महिनाको तलब विपद् कोषमा दिने







