सोलुखुम्बुमा वन्यजन्तुको आक्रमणबाट प्रभावित पीडितहरूलाई ४ लाख बढी राहत वितरण, केहीको भुक्तानी बाँकी
सोलुखुम्बुःडिभिजन वन कार्यालय सोलुखुम्बुले वन्यजन्तुको आक्रमणबाट पुगेको क्षति बापत पीडितहरूलाई ४ लाख भन्दा बढी राहत रकम दिएको छ। आर्थिक वर्ष २०८२÷०८३ मा कार्यालयले विभिन्न शीर्षकमा ४ लाख ५७ हजार १७१ रुपैयाँ राहत क्षतिपूर्ति रकम दिएको डिभिजन वन कार्यालयका वन अधिकृत रामचन्द्र ठाकुरले जानकारी दिनुभयो।
वन अधिकृत ठाकुरका अनुसार वन्यजन्तुको आक्रमणबाट गम्भीर घाइते भएका १ जना पीडितलाई ८२ हजार १७१ रुपैयाँ, अन्नबाली क्षति भएका १ जना पीडितलाई ९ हजार ५०० रुपैयाँ र पशुधन क्षति भएका ३२ जना पीडितहरूलाई ३ लाख ६५ हजार ५०० रुपैयाँ राहत रकम भुक्तानी भइसकेको छ।
त्यस्तै, अझै केही पीडितहरूलाई राहत रकम भुक्तानी हुन बाँकी रहेको छ। जसअन्तर्गत अन्नबाली क्षति बापत १ जना पीडितको ९ हजार ५०० रुपैयाँ र पशुधन क्षति बापत ६ जना पीडितको ५५ हजार रुपैयाँ भुक्तानी बाँकी विवरणमा रहेको र उक्त रकम पनि प्रक्रिया पुरा गरी हस्तान्तरण गरिने डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ।
ताजा खबर
सबै- रसुवा बाढी : मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए
- रेड पाण्डा म्याराथन नोभेम्बर २८ मा हुने, विपत्तिका कारण आयोजना मिति सर्यो
- लिखुपिकेको चौलाखर्क स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सेवा थपिँयो , भदौ २३ देखि सञ्चालन हुने
- सल्लेरी च्याल्सा विद्युत कम्पनी सोलुखुम्बुद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री कोषमा ५ लाख रुपैयाँ सहयोग
- प्रकाश सिंह कार्कीले एक महिनाको तलब विपद् कोषमा दिने






