गाउँ सहर फाउण्डेसनद्वारा १११ विद्यार्थीलाई कपडा र शैक्षिक सामग्री वितरण
सोलुखुम्बु :सोलुदुधकुण्ड नगरपालिकाका दुई सामुदायिक विद्यालयका १११ जना विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ । समाजसेवी लक्ष्मण कार्कीको नेतृत्वमा सञ्चालित गाउँ सहर फाउण्डेसनले बिहीबार नगरपालिकाको वडा नम्बर ७ गार्मामा रहेका सेकारसिंह आधारभूत विद्यालय र सिद्धार्थ आधारभूत विद्यालयका विद्यार्थीलाई विभिन्न सामग्री वितरण गरेको हो ।
फाउण्डेसनले सेकारसिंह आधारभूत विद्यालयका ७३ जना र सिद्धार्थ आधारभूत विद्यालयका ३८ जना गरी कुल १११ विद्यार्थीलाई ट्र्याकसुट, कापी, कलम, साबुन, दन्तमञ्जनलगायतका सामग्री हस्तान्तरण गरेको छ । वडा सदस्य तथा कार्यवाहक वडा अध्यक्ष भलाकाजी कार्कीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सम्बन्धित विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्षहरूको अध्यक्षतामा सामग्री वितरण गरिएको थियो । हाल गाउँ सहर फाउण्डेसनले सोलुदुधकुण्ड नगरपालिकाका सातवटा विद्यालयमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।
ताजा खबर
सबै- हरिवोधनी एकादशीमा सोलुखुम्बुका विभिन्न स्थानमा मेला
- भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५२ परिवारलाई आर्थिक सहयोग वितरण
- विश्व बाल दिवस : सोलुखुम्बुमा बालबालिकाको सहभागितामा सचेतनामुलक र्याली
- सोलुखुम्बु बहुमुखी क्याम्पसलाई १ करोड ६० लाख बराबरका आइटी सामग्री हस्तान्तरण
- गाउँ सहर फाउण्डेसनद्वारा १११ विद्यार्थीलाई कपडा र शैक्षिक सामग्री वितरण







