शनिबार, ६ मङ्सिर, २०८३ (1795112100)
शुक्रबार मङ्सिर ५, २०८३

भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५२ परिवारलाई आर्थिक सहयोग वितरण

सोलुुखुम्बु : गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका सोलुखुम्बु जिल्लाका ५२ जनाका परिवारलाई फारक शेर्पा किदुकले आर्थिक राहत वितरण गरेको छ । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–३, सानो गुमेलामा जन्मिएर हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका ग्याल्जेन नुरु शेर्पा  तथा अन्य दाताको  आर्थिक सहयोगमा किदुकले बेपत्ता भएका प्रत्येक व्यक्तिका परिवारलाई जनही ५० हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराएको हो। यसअनुसार कुल २६ लाख रुपैयाँ राहत वितरण गरिएको  छ ।  

फारक शेर्पा किदुकको कार्यालय राधाकृष्ण मन्दिर, तेन्जिङ चोक कपनमा आज मंसिर ३ गते २०८३ मा आयोजित श्रद्धाञ्जली कार्यक्रमका बीच राहत रकम वितरण गरिएको थियो। किदुकका अध्यक्ष पेमा छोयङ शेर्पाले कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा बेपत्ता व्यक्तिका परिवारका सदस्यहरूलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो।  विपद्को पीडामा परेका परिवारलाई राहत पु¥याउने उद्देश्यले विदेशमा रहेर पनि मातृभूमिमा आइपरेको दुःखमा सहयोग गरेको भन्दै फारक शेर्पा किदुकले ग्याल्जेन नुरु शेर्पालाई हार्दिक आभार व्यक्त गरेको छ । किदुकले मानवीय सेवाभावका साथ गरिएको यस सहयोगले विपद्बाट प्रभावित परिवारलाई केही राहत पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र सहकार्यको अपेक्षा गरेको जनाएको छ ।