सोलुखुम्बुमा ज्यान मार्ने उद्योगमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ
सोलुखुम्बु : सोलुखुम्बुमा ज्यान मार्ने उद्योगमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । लिखुपिके गाउँपालिका–३ स्थित एक होटलमा देउसीभैलो खेल्ने क्रममा विवाद हुँदा बियरको बोतल प्रहार गरी एक युवकलाई गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले होटल सञ्चालकसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी मौसम तामाङले जानकारी दिनुभयो ।
गत कात्तिक २४ गते राति करिब ११ बजे छिरिङ शेर्पा होटल एण्ड स्नोकर हाउसमा भएको घटनामा होटल सञ्चालक सोमनाथ गुरुङ र आङमाया शेर्पाले चौलाखर्कका ३० वर्षीय उमेश भन्ने धनबहादुर बस्नेतको टाउकोमा बियरको बोतल प्रहार गरेको जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा दुवै जनालाई पक्राउ गरी ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरिएको छ ।सूचना अधिकारी तामाङका अनुसार पक्राउ परेका दुवै जनालाई सोलुखुम्बु जिल्ला अदालतबाट पहिलो पटक सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।
ताजा खबर
सबै- हरिवोधनी एकादशीमा सोलुखुम्बुका विभिन्न स्थानमा मेला
- भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५२ परिवारलाई आर्थिक सहयोग वितरण
- विश्व बाल दिवस : सोलुखुम्बुमा बालबालिकाको सहभागितामा सचेतनामुलक र्याली
- सोलुखुम्बु बहुमुखी क्याम्पसलाई १ करोड ६० लाख बराबरका आइटी सामग्री हस्तान्तरण
- गाउँ सहर फाउण्डेसनद्वारा १११ विद्यार्थीलाई कपडा र शैक्षिक सामग्री वितरण






