विश्व बाल दिवस : सोलुखुम्बुमा बालबालिकाको सहभागितामा सचेतनामुलक र्याली
सोलुखुम्बु : विश्व बाल दिवसको अवसरमा सोलुखुम्बुमा सचेतनामूलक र्याली आयोजना गरिएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको आयोजनामा बालबालिकाको सहभागितामा हुलाक मोडदेखि नेपाल टेलिकमको कार्यालयसम्म र्याली सम्पन्न भएको हो । हरेक वर्ष नोभेम्बर २० तारिखका दिन मनाइने विश्व बाल दिवसको अवसरमा यस वर्ष ‘माई डे, माई राइट, माई फ्युचर’ अर्थात् ‘मेरो दिन, मेरो अधिकार, मेरो भविष्य’ अन्तर्राष्ट्रिय नारासहित दिवस मनाइएको छ । नेपालमा भने ‘बालापनको रक्षा, भविष्यको सुरक्षा’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।
र्यालीमार्फत बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्ने, उनीहरूको संरक्षणमा सरोकारवाला निकाय जिम्मेवार बन्नुपर्ने तथा बालबालिकालाई सुरक्षित र सम्मानजनक वातावरण प्रदान गर्नुपर्ने सन्देश प्रवाह गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार तथा अधिकार हननका घटनाहरू न्यूनीकरण गर्दै उनीहरूको सर्वाङ्गीण विकास र सुरक्षित भविष्य सुनिश्चित गर्न जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको प्रहरीको भनाइ छ । संयुक्त राष्ट्रसङ्घ आह्वानमासन् १९८९ मा आजकै दिन बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । राष्ट्रसङ्घीय बाल कोष युनिसेफको अगुवाइमा यो दिवस संसारका सबै देशमा मनाइन्छ ।
ताजा खबर
सबै- हरिवोधनी एकादशीमा सोलुखुम्बुका विभिन्न स्थानमा मेला
- भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५२ परिवारलाई आर्थिक सहयोग वितरण
- विश्व बाल दिवस : सोलुखुम्बुमा बालबालिकाको सहभागितामा सचेतनामुलक र्याली
- सोलुखुम्बु बहुमुखी क्याम्पसलाई १ करोड ६० लाख बराबरका आइटी सामग्री हस्तान्तरण
- गाउँ सहर फाउण्डेसनद्वारा १११ विद्यार्थीलाई कपडा र शैक्षिक सामग्री वितरण







