आइतबार कार्तिक ३०, २०८३
सोलुखुम्बुमा रूखबाट लडेर गम्भीर घाइते भएका भट्टराईको उपचारका क्रममा निधन
सोलुखुम्बु : सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ निवासी ५१ वर्षीय एकनाथ भट्टराईको रूखबाट लडेर मृत्यु भएको छ । आइतबार बिहान करिब ९ बजे बडहरको रूखबाट लडेर गम्भीर घाइते हुनुभएका भट्टराईको दिउँसो २ बजे नेचा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
घटनापछि उहाँको उद्धार तथा उपचारका लागि हेलिकप्टरको व्यवस्था गर्ने प्रयास गरिए पनि समयमै उपलब्ध हुन नसकेको स्थानीयले बताएका छन् । हेलिकप्टर समयमै उपलब्ध हुन नसक्दा उद्धार र उपचार प्रक्रियामा ढिलाइ भएको उनीहरूको भनाइ छ । दुर्गम पहाडी क्षेत्रमा आपत्कालीन उद्धार तथा स्वास्थ्य सेवाको सहज पहुँच नहुँदा बिरामी र घाइतेले समयमै उपचार पाउन नसकेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
ताजा खबर
सबै- हरिवोधनी एकादशीमा सोलुखुम्बुका विभिन्न स्थानमा मेला
- भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५२ परिवारलाई आर्थिक सहयोग वितरण
- विश्व बाल दिवस : सोलुखुम्बुमा बालबालिकाको सहभागितामा सचेतनामुलक र्याली
- सोलुखुम्बु बहुमुखी क्याम्पसलाई १ करोड ६० लाख बराबरका आइटी सामग्री हस्तान्तरण
- गाउँ सहर फाउण्डेसनद्वारा १११ विद्यार्थीलाई कपडा र शैक्षिक सामग्री वितरण






