सोलुदुधकुण्ड नगरपालिकाको प्रशासकीय भवनको मंसिर २५ गते उद्धघाटन
सोलुखुम्बु : सोलुदुधकुण्ड नगरपालिकाको प्रशासकीय भवनको मंसिर २५ गते उद्धघाटन गरिने भएको छ । यहिले २५ गते एक कार्यक्रमका साथ नगरपालिकाको सुविधासम्पन्नप्रशासकिय भवनको उद्धघाटन गर्न लागिएको नगरपालिकाका प्रवक्ता फुर्वा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । नगरपालिकाको प्रशासनिक सेवा एकै स्थानबाट प्रवाह गर्ने उद्देश्यसहित निर्माण भइरहेको उक्त भवनको काम अहिले अन्तिम चरणमा अघि बढिरहेको निर्माण कम्पनीका प्रतिनिधि प्रलाद राजबंशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार हाल भवनको मुख्य संरचनागत काम अधिकांश सम्पन्न भइसकेको छ । अहिले भवनको अन्तिम फिन्सीङको काम भइरहेको छ । अबका केही दिनभित्र भवनको सम्पुर्ण काम सकेर नगरपालिकालाई हस्तान्तरण गर्ने गरि तयारी भइरहेको निर्माण कम्पन्नीले जनाएको छ । भवन निर्माण कार्य २०८१ साल पुस २ गतेदेखि सुरु गरिएको थियो । ७ करोड १४ लाख १९ हजार ३ सय ६३ रुपैयाँको लागतमा निर्माण भइरहेको उक्त भवन निर्माणका लागि २०८१ साल कात्तिक ५ गते आर.एम.सी. पी.आर.एच.बी. जेभी कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो। सम्झौता अनुसार निर्माण कार्य गत चैत मसान्तभित्र सम्पन्न गर्नुपर्ने थियो । प्रशासकीय भवन निर्माण सम्पन्न भएपछि नगरपालिकाको सेवा प्रवाह अझ प्रभावकारी, व्यवस्थित र सहज हुने अपेक्षा गरिएको छ । हाल विभिन्न स्थानमा छरिएर सञ्चालन हुँदै आएका प्रशासनिक सेवा एउटै भवनबाट उपलब्ध गराउन सकिने भएपछि सेवाग्राही नागरिकलाई समय र श्रमको बचत हुने नगरपालिकाको विश्वास छ ।
ताजा खबर
सबै- हरिवोधनी एकादशीमा सोलुखुम्बुका विभिन्न स्थानमा मेला
- भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५२ परिवारलाई आर्थिक सहयोग वितरण
- विश्व बाल दिवस : सोलुखुम्बुमा बालबालिकाको सहभागितामा सचेतनामुलक र्याली
- सोलुखुम्बु बहुमुखी क्याम्पसलाई १ करोड ६० लाख बराबरका आइटी सामग्री हस्तान्तरण
- गाउँ सहर फाउण्डेसनद्वारा १११ विद्यार्थीलाई कपडा र शैक्षिक सामग्री वितरण







