महेन्द्र बस्नेत नेपाली जनसम्पर्क समिति अमेरिकाको युवा मामिला उपसभापतिमा निर्विरोध निर्वाचित
सोलुखुम्बुः नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो अधिवेशनबाट महेन्द्र बस्नेत युवा मामिला उपसभापति पदमा निर्विरोध निर्वाचित हुनुभएको छ । सोही अधिवेशनबाट मुनिन्द्र नेम्वाङ सभापतिमा निर्वाचित हुनुभएको छ। लामो समयदेखि विद्यार्थी राजनीति, संगठन निर्माण तथा सामाजिक अभियानमा सक्रिय रहँदै आएका बस्नेतको यो निर्वाचनलाई अमेरिकामा रहेका नेपाली युवाहरूलाई नेतृत्वको मूलधारमा जोड्ने महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
नेपालमा रहँदा नेपाल विद्यार्थी संघ (नेविसंघ) मा एक दशकभन्दा बढी समय विभिन्न जिम्मेवारी सम्हालेका बस्नेतले अमेरिका पुगेपछि पनि गैरआवासीय नेपाली संघ लगायतका विभिन्न सामाजिक तथा सामुदायिक संघ–संस्थाहरूमा निरन्तर सक्रियता जनाउँदै आउनुभएको थियो।
आफ्नो नयाँ जिम्मेवारीबारे बोल्दै उहाँले अमेरिकामा रहेका नेपाली युवाहरूलाई नेपाली जनसम्पर्क समिति र सिङ्गो समुदायसँग अझ नजिकबाट जोड्ने अभियानलाई प्रमुख प्राथमिकतामा राख्ने बताउनुभयो। उहाँले युवाहरूका लागि नेतृत्व तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने, नयाँ पुस्ताको सिर्जनशील सोचलाई संस्थागत रूपमा अघि बढाउने, र उनीहरूको सहभागितालाई निर्णय प्रक्रियासम्म पु¥याउने योजना रहेको स्पष्ट पार्नुभयो। साथै, शिक्षा, रोजगारी, उद्यमशीलता र सामाजिक सेवाका क्षेत्रमा नेटवर्किङ र अनुभव आदानप्रदानको वातावरण निर्माण गर्ने उहाँको लक्ष्य रहेको छ ।
युवाको सहभागिता केवल कार्यक्रममा सीमित नभई नेतृत्व र निर्णय प्रक्रियामा अर्थपूर्ण हुनुपर्नेमा जोड दिँदै उहाँले आफूलाई प्राप्त जिम्मेवारीलाई युवाको आवाज संस्थागत गर्ने अवसरका रूपमा लिएको बताउनुभयो। आफूमाथि विश्वास व्यक्त गर्ने सम्पूर्ण प्रतिनिधि, अग्रज तथा शुभेच्छुकहरूप्रति आभार प्रकट गर्दै उहाँले आगामी दिनमा सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।
ताजा खबर
सबै- रसुवा बाढी : मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए
- रेड पाण्डा म्याराथन नोभेम्बर २८ मा हुने, विपत्तिका कारण आयोजना मिति सर्यो
- लिखुपिकेको चौलाखर्क स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सेवा थपिँयो , भदौ २३ देखि सञ्चालन हुने
- सल्लेरी च्याल्सा विद्युत कम्पनी सोलुखुम्बुद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री कोषमा ५ लाख रुपैयाँ सहयोग
- प्रकाश सिंह कार्कीले एक महिनाको तलब विपद् कोषमा दिने

2026-08-22-03-46-25.jpeg)





