श्रम संस्कृति सोताङ–काठमाडौँ सम्पर्क समितिको अध्यक्षमा खिलाराज नाछिरिङ चयन
सोलुखुम्बुः श्रम संस्कृति पार्टी, सोलुखुम्बु जिल्ला अन्तर्गत सोताङ सम्पर्क समिति गठन गरिएको छ। पार्टीको संगठन विस्तार तथा स्थानीय तहमा पार्टीको गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यले आज काठमाडौँमा आयोजित कार्यक्रममा १५ सदस्यीय सोताङ सम्पर्क समिति गठन गरिएको हो।
नवगठित समितिको अध्यक्षमा खिलाराज नाछिरिङ चयन भएका छन्। समितिको उपाध्यक्षमा पेम्बा ठिले शेर्पा र नारायणी नाछिरिङ, सचिवमा भानुभक्त नाछिरिङ, सहसचिवमा सन्जय नाछिरिङ, कोषाध्यक्षमा रेष्मा राई तथा सहकोषाध्यक्षमा ईन्दुका खालिङ चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा सावित्रा राई, अमृत राई, मिलन नाछिरिङ, धन कुमार नाछिरिङ, राज खालिङ, कल्पना राई, मदन बहादुर राई र जितेन्द्र राई रहेका छन्। समिति गठनसँगै सोताङ क्षेत्रमा पार्टीको संगठनलाई थप सुदृढ गर्दै स्थानीय जनताका मुद्दा तथा आवश्यकतालाई प्राथमिकताका साथ उठाउने अपेक्षा गरिएको छ।
ताजा खबर
सबै- रसुवा बाढी : मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए
- रेड पाण्डा म्याराथन नोभेम्बर २८ मा हुने, विपत्तिका कारण आयोजना मिति सर्यो
- लिखुपिकेको चौलाखर्क स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सेवा थपिँयो , भदौ २३ देखि सञ्चालन हुने
- सल्लेरी च्याल्सा विद्युत कम्पनी सोलुखुम्बुद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री कोषमा ५ लाख रुपैयाँ सहयोग
- प्रकाश सिंह कार्कीले एक महिनाको तलब विपद् कोषमा दिने







